नियम २८
मुद्दा दायर गर्ने
(१) समितिले अनुसन्धान तथा तहकिकातको कार्य पूरा गरेपछि अभियुक्त उपर मुद्दा चलाउन प्रमाण पुग्ने देखिएमा अनुसूची–२ बमोजिमको ढाँचामा नियम ११ मा लेखिएका कुराहरू खुलाइ अभियोगपत्र तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार भएको अभियोगपत्र, सक्कल मिसिल र अभियुक्त भए निजलाई समेत प्राड विवाक मार्फत सैनिक विशेष अदालतमा पेश गर्नु पर्नेछ ।